×

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

images

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको छ ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको स्थान र मिति तोक्ने विषयमा पनि छलफल हुनेछ । एमालेको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

 

बुधबार २९ असोज २०८२ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया