काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल र मट्टीतेलको मुल्य घटेको छ । निगमले शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । त्यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।
प्रतिक्रिया