काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।
कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए । समितिको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ । आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया