×

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस

images

प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७÷७८ र आव २०७८÷७९ वार्षिक प्रतिवेदन  सदनमा पेस गर्नुभयो । 
उहाँले प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम गठन भएको समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सोही अवसरमा सभापति घर्तीले हालसम्म समितिको १२८ बैठक सम्पन्न भएको जानकारी दिनुभयो । 

समितिले कोभिडको समयमा समितिले स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिनाका साथै कार्यान्वयन भए÷नभएको बारेमा समेत अनुगमन गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले समितिले सोही मर्म र भावनाअनुरुप आफ्नो काम कारबाहीलाई अगाडि बढाइरहेको छ, कोभिडका बिरामी र अन्य बिरामीको उपचारमा यो समितिले विशेष भूमिका खेलेको छ ।” 

सदनको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, न्याय तथा सङ्घीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत ११  मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ क्रम जारी  छ ।

बुधबार १ असार २०७९ ०३:०९ PM मा प्रकाशित

प्रतिक्रिया