×

सत्तारुढ दलको संयुक्त बैठक बस्दै

images

काठमाडौं । आज सत्तारुढ दलहरूको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो। सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो ।

आजको बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

शनिबार ३ फागुन २०८१ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया