×

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच भयो एकता

images

काठमाडौँ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् ।

 घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफुहरुका लागि निकै कठिन भएको उनको भनाइ छ । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे ।

‘केही समयका लागि दुर्घटनामा पर्‍यौं, त्यो दुर्घटनाबाट बाहिर आएका छौं,’ उनले भनेका छन् । उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सबै पार्टी पूरानो भइसकेको धारणा राखे । जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।

‘हामीले नै नेपालको नयाँ शक्तिको रिप्रिजेन्टिभ गर्छौं भन्ने हाम्रो दाबी हो । यो सबै अरु पार्टी पूरानो भइसक्यो, नयाँ पार्टी नयाँ स्प्रिटमा आएको छ,’ उनले भने, ‘यही पार्टीले माग सम्बोधनमा अघि बढ्नेछ ।’

बिहीबार २ माघ २०८२ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया