काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी समूहका नेता मिराज ढुंगानाले आन्दोलनमा सहकार्यका लागि सहमति भएको छ । बिहीबार काठमाडौंमा दुई पक्षले आगामी दिनमा सहकार्य गरेर आन्दोलन अघि बढाउनेगरी ४ बुँदे सहमति गरेका हुन् ।
जेन-जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने गरी दुई पक्षले सहमति गरेका हुन् ।
ढुंगाना नेतृत्वको जेन-जी समूहसँग आन्दोलनको लागि सहकार्य गरेका चन्द नेतृत्वको माओवादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुनेगरि अघि पनि बढेको छ ।
यस्तो छ ४ बुँदे सहमति
प्रतिक्रिया