×

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

images

काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न काठमाडौं महानगर- १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

साथै श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार​ २९ कात्तिक २०८२ ०९:३० PM मा प्रकाशित

प्रतिक्रिया