×

सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

images

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाका रिटहरु पर्न शुरु भएका छन् ।

अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्र्पति रामचन्द्र पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीको सिफारिसमा संसद विघटन गरिएको भएको थियो ।

फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यादेश पाएर सरकारले काम गरिरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषय अबको दिनमा राजनीतिको केन्द्र हुने देखिएको छ ।

 

मङ्गलबार २८ असोज २०८२ ०६:२० PM मा प्रकाशित

प्रतिक्रिया