काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डिएनए परीक्षणमार्फत उनकै भएको दुःखद् समाचारले मर्माहित भएको बताएका छन् ।
प्रचण्डले विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको उल्लेख गरेका छन् ।
प्रचण्डले यस दुःखद् घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । प्रचण्डले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको उल्लेख गर्दै पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गरेका छन् ।
प्रतिक्रिया