×

रुसमाथि कडा प्रतिबन्ध लगाउन नेटो देशलाई ट्रम्पको पत्र

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेटो देशहरू र विश्वलाई पत्र पठाएर रुसमाथि ठूला प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । ट्रम्पले रुसमाथि कडा प्रतिबन्धहरू लगाउन तयार रहेको उल्लेख गर्दै यसका लागि सबै नेटो देशहरूले रुसबाट तेल किन्न बन्द गर्नुपर्ने र आफूसँग सहमत हुनुपर्ने बताएका छन् ।

ट्रम्पले केही नेटो देशहरूले रुसबाट तेल किनिरहेको उल्लेख गर्दै जुन गलत भएको र यसले उनीहरूको वार्तालाप शक्तिलाई कम्जोर बनाएको पत्रमा उल्लेख गरेका छन् ।

ट्रम्पले भनेका छन्- 'जब तपाईं तयार हुनुहुन्छ, केवल यो भन्नुहोस् । मलाई विश्वास छ, यदि नेटोले चीनमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मको शुल्क लगाउँछ भने, यसले युद्ध अन्त्य गर्न मद्दत गर्नेछ । युद्ध समाप्त भएपछि यो शुल्क पूर्ण रूपमा हटाइनेछ । चीनले रुसलाई नियन्त्रण गर्छ र यी शुल्कहरूले त्यो नियन्त्रण तोड्नेछन् ।'

ट्रम्पले अगाडी भने- यदि नेटोले मेरो कुरा सुन्यो भने, युद्ध चाँडै समाप्त हुनेछ र हजारौंको जीवन बचाउन सकिन्छ । यदि होइन भने, तपाईं मेरो र अमेरिकाको समय बर्बाद गर्दै हुनुहुन्छ ।'

 

आइतबार​ २९ भदौ २०८२ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया