×

बौद्ध वक्तृत्वकलामा पहिलोपटक ५० हजार पुरस्कार

images

जगत सुन्दर ब्वनेकूथिको आयोजनामा यस वर्षको २९ औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला राजधानीमा सम्पन्न भयो । प्रतियोगितामा दिपावती पुस्तकालय गुइटोलका पारमिता शाक्य प्रथम, धर्म साकच्छा संघ हःखाका प्रतिष्ठा शाक्य द्वितीय,शाक्यसिंह बौद्ध परियति शिक्षालयका सलोनी शाक्य तृतीय र युवा वौध्द समुहका मतिना मानन्धर सान्त्वना भएका हुन् ।

उनीहरुले क्रमशःसन्तुलित मानसिकताको लागि बुद्ध शिक्षा, स्वस्थ्य समाजको लागी बुद्धशिक्षा, सुशासनया लागिं बुध्दशिक्षाको विषयमा र सान्त्वना जित्न सफल र आर्थिक संकट समाधानको लागिं बुध्द शिक्षा विषयमा प्रस्तुती राखेका  थिए। प्रतियोगितामा ११ वटा संघसंस्थाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जगत सुन्दर ब्वनेकूथिबाट पलिस्था मानन्धरले महामारीको अवस्थामा बुद्ध शिक्षाको महत्त्व, निर्वाणमुर्ति विहारबाट सजगता मानन्धरले घरेलु हिंसा निवारणया लागिं बुध्दशिक्षा, महाबौध्द पुस्तकालयका रेभा शाक्यले विपस्यना ध्यान भावना,मैत्रीय युवा संघका,रुमधुर शाक्यले वुध्दधर्म र बिज्ञानबीचको सामिप्यता, दिपावली वौध्द परियति केन्द्रबाट आर्यन बि सिले बुद्ध धर्ममा ज्येष्ठ पूर्णिमाको महत्त्व र दिपंकर परियति शिक्षालयबाट सार्थकमान शाक्यले असार पुन्हिया महत्वबारेमा बोलेका थिए ।

सर्वोकृष्ट तीन स्थान ओगट्नेलाई क्रमशः नगद पुरस्कार ५० हजार रुपैयाँ १० हजार र ७ हजार रुपैयाँ, सान्त्वना हुनेलाई ५ हजार सहभागी हुने प्रत्येकलाई एक एक /हजार रुपैयाँ प्रदान गरिएको थियो। २९ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सो प्रतियोगितामा सर्वोकृष्ट हुनेलाई ५० हजार रकम प्रदान गरिएको यो नै पहिलो पटक हो ।

सो अवसरमा प्रतियोगिताको उद्घाटन गर्दै भिक्षु कौण्डण्य महास्थविरले प्रतियोगितालार्य समयसापेक्ष बनाउँदै लानुपर्नेमा जोड दिए। युवावर्गको कोणबाट बुद्ध धर्मका विविध विषयको चयन र प्रस्तुतिलाई आकर्षण र मौलिक बनाउने विषयमा अझ गृहकार्य गर्दै अघि जानुपर्ने पनि उनको जोड रहेको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले यस्ता प्रतियोगीताले किशोर, किशोरी र युवावर्गमा बुद्धको ज्ञान बुझाउने र व्यक्तित्व विकास गर्ने धारणा राखे । कार्यक्रममा मू गुठीका अध्यक्ष विसन्तर शाक्य दुई वर्ष आफूले प्रतिबद्धता व्यक्त गरे बमोजिम आकर्षक नगद पुरस्कार दिन शुरु गरिएको बताए ।

कार्यक्रमको अन्तमा २०८१ सालमा हुने ३० औं बौद्ध वक्तृत्वकला पर्व सञ्चालन गर्ने जिम्मेवारी दीपावति बौद्ध परियत्ति केन्द्रले लिएको छ । यस कार्यक्रमको निरन्तरता र आवश्यक सहजीकरणका विसं २०६३ मा मूगुथि स्थापना गरिएको थियो ।

सोमबार २९ साउन २०८० ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया