पालिका चुनावको मतदानका लागि गाउँघर पुगेकाहरु फर्कन थालेका छन् । भोट खसाल्न सहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेकाहरु मतदान सकिएपछि फर्कन थालेका हुन्। आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार चार सय ९३ वटा गाडी काठमाडौं भित्रिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार चार हजार ९० जना यात्रु उपत्यका भित्रिएका छन् । यस्तै काठमाडौंको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।
उनका अनुसार काठमाडौं नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, इलामलगायतका जिल्लाबाट आउनेको सङ्ख्या धेरै रहेका छन् । पालिका चुनावका लागि हिजो बिहान ६ बजेदेखि ठप्प रहेका गाडी बेलुकी सात बजेपछि चल्न थालेका थिए ।
प्रतिक्रिया