×

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा

images

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने, प्रदेश नं १, मधेश प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/ चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, भोलि दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार ३१ बैशाख २०७९ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया