×

बन्दीप्रत्यक्षीकरणको रिटमा रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

images

काठमाडौं। गैरकानूनी थुनामा राखिएको दाबीसहित रविन्द्र मिश्रकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बन्दीसहित उपस्थित हुने आदेश दिएको छ ।

मिश्रकी श्रीमती सारिका कार्कीले गृहमन्त्रालयसहित १२ जनालाई विपक्षी बनाएर रिट दायर गरेकी थिईन् । उक्त रिट सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

न्यायाधीश पोखरेलको इजलासले उक्त रिटमा कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेका छ । गत चैत १५ गतेमा तिनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनप्रश्चात सोही बेलुका मिश्र पक्राउ परेका थिए । उनीमाथि पटक–पटक म्याद थप गरी अनुसन्धान भइरहेको छ । पटक–पटक म्याद थप गरिएको विषयमा प्रश्न उठाउँदै बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो ।

बुधबार १ जेठ २०८२ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया