×

आवेश र उत्तेजनामा निर्णय लिन्नौं : केपी ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताएका छन् । बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताए ।

‘हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं’, बैठकमा सहभागी एक सांसदले भने ।

 

सोमबार २ फागुन २०७८ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया