काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सुशिला कार्कीको नाम लिएर विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक सहयोग सङ्कलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यलयले प्रधानमन्त्री तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरेको छ ।
साथै यस कार्यालय र प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरेको छ ।
साथै, नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ ।
प्रतिक्रिया