×

'टीओबी' को टिसर्ट लगाएका पेस्तोलसहित देखिएका युवक प्रहरी हिरासतमा

images

काठमाडौँ । जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक  तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् । 

'पेस्तोल' देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । 

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ । 

अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

 

सोमबार २७ असोज २०८२ ०६:३८ AM मा प्रकाशित

प्रतिक्रिया