×

किन अचानक युक्रेन पुगे राजकुमार ह्यारी ?

images

काठमाडौँ । राजकुमार ह्यारी अचानक युक्रेन भ्रमणमा पुगेका छन् छन् । युद्धका कारण गम्भीर घाइते भएका युक्रेनी जनतालाई सहयोग गर्ने संस्थाको निमन्त्रणामा ह्यारी युक्रेन पुगेका हुन् ।

ड्यूक अफ ससेक्सले घाइते सैन्य कर्मचारीहरूको पुनर्स्थापनामा सहयोग गर्न आफू 'सबै प्रयास' गर्न चाहेको बताएका छन् । राजकुमार ह्यारी शुक्रबार रेलबाट किभ पुगेका थिए । उनी दिनभर कार्यक्रममा व्यस्त रहको बताइएको छ ।

'द गार्जियन' पत्रिकाको रिपोर्ट अनुसार, आफ्नो भ्रमणको क्रममा उनले घाइतेहरूको पुनर्स्थापनामा सहयोग गर्न नयाँ योजनाहरूको रूपरेखा प्रस्तुत गर्नेछन् ।

रुसले युक्रेनमा गरेको आक्रमणपछि हजारौं र लाखौं सैनिक र नागरिकहरू अपाङ्ग भएको विश्वास गरिएको छ । यद्यपि, यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन । युक्रेनले सैन्य हताहतको बारेमा सही तथ्याङ्क अहिलेसम्म सार्वजनिक गरेको छैन ।

 

शनिबार २८ भदौ २०८२ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया