×

अन्तरिम सरकारले दिइएको जिम्मेवारी पुरा नगरेमा प्रतिरोध गर्छौं- रास्वपा

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम सरकारले दिइएको जिम्मेवारी पुरा नगरेमा प्रतिरोध गर्ने जनाएको छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा भएको परिवर्तनमा संबिधान पालनाको कोणबाट प्रश्न उठेको भन्दै घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुने र समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहने बताएको छ । 

रास्वपाले फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको उल्लेख गरेको छ ।    

रास्वपाको विज्ञप्ति: 

कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (Gen-Z) पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको हो । तथापि, संविधान पालनाको कोणबाट प्रश्न उठेको छ।      

सबै पक्षलाई जोड्न भदाै २६ गते रास्वपाले जारी गरेको प्रस्ताव थियो: "राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।"

फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।

 

शनिबार २८ भदौ २०८२ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया