×

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

images

काठमाडौं । प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका हुन् । 

जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेकी कार्कीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गरेका छन् ।

त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ  ।

 

 

Single Image

शनिबार २८ भदौ २०८२ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया