×

संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री सुशीला कार्कीलाई दियो बधाई

images

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाउदै प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको हो ।

प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

राष्ट्रसंघले संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी युवाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । 

शनिबार २८ भदौ २०८२ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया