×

अशोक राई र राजेन्द्र महतोले एकता उन्मुख कार्यगत एकता गर्दै

images

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ । दुवै दलबीच विहिबार कार्यगत एकता घोषणा गर्ने तयारी भएको छ ।

कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका छन् ।

विहिबार दिउसो ३ बजे नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा हुने कार्यक्रममा दुवै दलबीच एकता उन्मुख कार्यगत एकता हुने बताइएको छ ।

 

बुधबार २९ साउन २०८२ ०६:४७ PM मा प्रकाशित

प्रतिक्रिया