राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुई देशबीचकाे सम्बन्ध र पारस्परिक सहयाेगका बारेमा भेटवार्ता भएको हो ।
यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । यस्तै उहाँले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्नुभएको थियो । भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको छ ।
गएको आइतवार चार दिने भ्रमणमा आउनुभएका लिउ आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
प्रतिक्रिया