×

एमालेकाे सचिवालय बैठक आज बस्दै

images

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो । एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ । महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । आजको बैठकमा केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव पेस गर्ने तयारी रहेको छ। एमालेको ११औँ महाधिवेशन भोली मंसिर २७ देखि भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ।

शुक्रबार​ २७ मंसिर २०८२ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया