काठमाडौँ । नेकपा एमालेले गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको पार्टी विधान संशोधन नगर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । ज्ञवालीका अनुसार महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिने बताएका छन् ।
‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ’, उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ।’
एमालेको विधान अनुसार अबको महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी हुने तथा स्थायी कमिटी नरहने भएको छ । ज्ञवालीले १०८ जना मनोनीतको नामवाली पनि पारित भएको बताएका छन् ।
उक्त सूची शनिबार सार्वजनिक गरिने भनएको छ। गत भदौ २० देखि २२ गते सम्म चलेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो। अध्यक्ष ओली समूहमा पदाधिकारीको आकांक्षी बढेपछि पुनः बढाउने तयारी थियो।
प्रतिक्रिया