×

सरकारले ल्याएको अध्यादेश राजनीतिक निर्लज्जताको पराकाष्ठा- रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संशोधनका लागि ल्याउन लागिएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

लामिछानेले यस अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताउँदै यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।  उनले लेखेका छन्,  ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ’, रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 

 

facebook sharing button

messenger sharing button

whatsapp sharing button

twitter sharing button

sharethis sharing button

 
सोमबार २६ मंसिर २०७९ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया