×

सहकारी ठगी प्रकरण -रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

images

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले अनुसन्धानका लागि थप पाँच दिन म्याद थप गरेको हो ।

प्रहरीले ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेकोमा अदालतले ५ दिन मात्र समय दिएको हो । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले अदालत उपस्थित गराइएको हो ।

बिहीबार २७ मंसिर २०८१ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया