×

सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने राष्ट्रपतिको तयारी

images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेकी पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने निष्कर्षमा पुगेका छन् ।

विहिबार दिनभर देखि राति अबेरसम्म शीतल निवासमा भएको छलफल पछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाएर अघि बढ्ने सहमति भएको हो ।

राष्ट्रपति पौडेलले शित्तल निवासमा प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको बुझिएको छ । राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसारनै सुशिला कार्कीलाई आवश्यकताको सिद्धान्त अनुसार अन्तरिम प्रधानमन्त्री बनाउन लागेका छन् । अर्कोतर्फ जेनजी समुहको संसद विघटनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ठोस सहमति नभएको र यस बारेमा छलफल जारी रहेको बुझिएको छ ।  

राष्ट्रपतिले राष्ट्रपति पौडेलले यसअघि विहिबार शित्तल निवासमै संबैधानिक कानुनका विज्ञ डा. विपिन अधिकारी र भीमार्जुन आचार्य लगायतसँग समेत छलफल गरेका थिए । त्यस्तै राष्ट्रपति पौडेलले संसद विघटनको समेत विषय आएकोले सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग समेत छलफल गरेको खुलेको छ ।

त्यस्तै विहिबार राति राष्ट्रपति पौडेलले प्रचण्डसँग टेलिफोन कुराकानी गरेको र कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समेत छलफल गरेको बुझिएको छ ।

 

शुक्रबार​ २७ भदौ २०८२ ०७:४३ AM मा प्रकाशित

प्रतिक्रिया