काठमाडौँ । कलाकार दीपक राज गिरीले जेनजीलाई समर्थन गर्दा लगातार धम्की आएको बताएका छन् ।
सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिदै गिरीले केहि मानिसहरुले म्यासेज पठाएर र केहिले फोनमै धम्क्याइरहेको जानकारी दिएका हुन् ।
गिरीले हरेक खाले परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका निभाएको बताउदै अहिले पनि केहि लोभले यो आन्दोलनलाई समर्थन गरेको नभई भाइ बहिनीहरूको शुसासन र भ्रष्टाचारको मुद्दालाई समर्थन गरेको बताएका छन् ।
उनले भनेका छन्-
मलाइ आएको धम्किको कुरा... अस्तिको दिन बाट केहि मानिसहरूले मलाइ पनि धम्काउन थालेका छन् । केहिले इनबक्समा त केहिले त कल नै गरेर । उनिहरूको भनाइ थियो जेनजीलाई उकास्ने तॅ ? कलाकार भएर जेनजी तिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्य केहि त रेकर्ड पनि गरेर राखेको छू । आन्दोलनको पहिलो दिन भ्रष्टाचारबिरूद्दको आन्दोलनलाई धैरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपूर्ण होस !!
दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्रमज्यूलाई थप भ्वाइलेन्स रोक्नका लागि राजीनामा दिन अनुरोध पनि गर्यौ । कति जना त सडकमा नै गयौ, लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो । त्यसपछि हिसा झन भडकियो, यसको फाइदा अनेक तत्वले लिन थाले, घुसपैठ भयो, लुटपाट गर्ने, आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो । अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो । त्यसको प्रमाण त अहिले सामाजिक संजालहरूमा देखिन थालि पनि सकेको छ ।
राजीनामा आएपछि पनि नरोकिएको त्यो बबंडरबिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ । विध्वंस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ । थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, जेनजी को त्यो आन्दोलनले अर्कै मोड लियो, स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ, जेनजी आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो । सायद कोहि नेपाली निदाएनन होला त्यो रात…यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे, मलाई आएको कलको र म्यासेजको कुरा त गरिहाले,
जहाँसम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरूसंगै आन्दोलनमा सडकमा नै थिए म , ६२/६३ मा पनि आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो । हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं । अहिले पनि केहि लोभले यो आन्दोलन लाइ समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो, जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने मबाट पनि अपराध भएकै छ ।
अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि भिक्टिम हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनु बाहक मसंग अर्को बिकल्प छैन ! होइन भने यहाँबाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ पुन : मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि ? जय आमा नेपाल !
प्रतिक्रिया