×

साताको अन्तिम कारोबार दिन नेप्से ७८.१७ अंकले बढ्यो

images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा पुगेको छ ।  कारोबार सुरु भएलगत्तै केही अंकले घटेको नेप्से त्यसपछि सम्हालिँदै कारोबार अवधिको अन्तिम एक घण्टामा उच्च अंकले बढेको हो ।

यसदिन सेन्सेटिभ इण्डेक्स १३.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८३ अंक बढेको छ। आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ ।

रावा इनर्जी, ग्रीन भेन्चर्स, उपकार लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ ।

अघिल्लो बुधबारदेखि निरन्तर घटिरहेको नेप्से ओरालो लाग्ने बुलिश सिग्नल देखिएको हो । यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार ६ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब १६ करोड रुपैयाँको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार २७ भदौ २०८१ ०७:५२ PM मा प्रकाशित

प्रतिक्रिया