×

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीलाई तीन बुँदे निर्देशन दिएका छन् । 

मंगलबार सिंहदरबारमा कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे छलफल गर्दै तीन बुँदे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् ।

मङ्गलबार २८ साउन २०८२ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया