काठमाडौं । शेयर कारोबारको दोस्रो दिन आज सोमबार नेपालको धितोपत्र बजारमा कारोबारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन आइतबार एकैदिन २५ अर्ब ७७ करोडबराबरको शेयर कारोबार भएर नयाँ कीर्तिमान कायम भएकोमा एकै दिनमा उक्त रेकर्ड टुटेको हो ।
यसैगरी आज नेप्से परिसूचक पनि बढेको छ । सोमबार नेप्से ७०.८१ अंकले बढेर २९३.६५ बिन्दुमा पुगेको छ । आज नेप्से दिउँसो २ बजेर ४६ मिनेटमा २९ सय ३७.२५ को बिन्दुमा पुगेकोमा कारोबार अवधिको अन्तिम समयमा केही खस्किएर अन्तिम समयमा सामान्य बढेको थियो । आज १३ मध्ये ११ उपसूचकमा हरियाली आएको छ ।
५ हाइड्रोपावर र दुई जीवन बीमा कम्पनीको शेयरमा सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जोशी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, शुभम पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमा सर्किट लोको छ ।
छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र उत्पादन तथ प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ४.८१ प्रतिशतले बढेको छ।
प्रतिक्रिया