×

देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाकाे काँधमा आयाे : मन्त्री गहतराज

images

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताउनुभएको हो । उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताउनुभयो । अब युवाको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनुभएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाको काँधमा छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रका रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ ।’

मन्त्री गहतराजले युवाले देशलाई समृद्ध बनाउने अभिभारा बाेक्नुपर्ने र अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताउनुभयो । अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाले समृद्धको चरण पार गर्नुपर्ने उहाँकाे भनाइ छ । 

शुक्रबार​ २७ साउन २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया