×

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

images

ई-संचारपाटी,

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन र चाँदीको भाउ केही घटेर नयाँ मूल्य निर्धारण गरिएको छ।  

आज छापावाल (फाइन) सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घट्दै प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन उच्च विन्दुमा कारोबार भएको थियो।  

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ३ लाख ६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै ४ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।  

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यहेरफेर र अमेरिकी डलरको विनिमय दरका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ। चाडपर्व नजिकिँदै गर्दा र अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।

बुधबार २७ साउन २०८३ ०२:०२ PM मा प्रकाशित

प्रतिक्रिया