सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई 'रुलिङ' गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र किसानहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न/गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीकाे समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।
प्रतिक्रिया