×

वर्षाले रासस प्रदेश कार्यालयमा क्षति, बुटवलका विभिन्न स्थानमा डुबान

images

भैरहवा (रुपन्देही), ३० वैशाख : आज बिहान भएको वर्षाका कारण बुटवलको विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण राष्ट्रिय समाचार समिति प्रदेश कार्यालयमा क्षति पुगेको छ ।

रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीका अनुसार प्रदेश कार्यालयमा पानी पस्दा निवास र कार्यालयमा क्षति भएको छ । “निवासमा भएका पलङ्ग, लत्ताकपडा, भाँडाहरु नोक्सान भएका छन, कार्यालयका फर्निचर, कम्प्युटर, ल्यापटप लगायतमा क्षति भएको छ”, केसीले भन्नुभयो, “वर्षाकै कारण कार्यालयको पर्खाल भत्किएको  छ ।”

आइतबार राति रुपन्देहीको बुटवल, भैरहवालगायतका क्षेत्रमा भारी वर्षा भएको थियो । बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाइ नहुँदा वर्षाको पानी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो । डुबानले फुलबारी टोल, रासस कार्यालय रहेको क्षेत्र, रुपन्देही उद्योग सङ्घलगायत कार्यालय, दर्जनौँ घर र विद्यालयमा क्षति पु¥याएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । लामो समयदेखि वर्षा नहँुदा नालीहरु फोहरले थुनिएको र पानी बग्न नपाइ डुबान भएको उहाँको भनाइ छ । डुबानले पु¥याएको क्षतिबारे विवरण सङ्कलन गरी राहत वितरण गरिने उहाँले बताउनुभयो । 

यसैबीच डुबानमा परेको राससको क्षेत्रीय कार्यालय बुटवल उपमहानगर पालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल पत्रकार महासङ्घ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य अमृत गिरी, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसी लगायतले स्थलगत अवलोकन गर्नुभएको छ ।

आइतबार​ २९ बैशाख २०८१ ०७:०४ PM मा प्रकाशित

प्रतिक्रिया