तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा कर्णबहादुर गुरुङ तमु चयन हुनुभएको छ । आज यहाँ सम्पन्न महानधिवेशनले कर्णबहादुरको अध्यक्षतामा ६२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । परिषद्को वरिष्ठ उपाध्यक्षमा आरबी तमु, उपाध्यक्षमा यमबहादुर तमु, टेकबहादुर तमु, नरबहादुर तमु, धनमान तमु, मेनबहादुर घले, लक्ष्मण तमु, महिला उपाध्यक्षमा भगवती तमु चयन हुनुभएको छ ।
महासचिवमा डम्बरबहादुर तमु, सहमहासचिवमा मनोज तमु, उपमहासचिवमा राजु गुरुङ र दिल तमु, सचिवमा सन्तलाल तमु, गोपाल तमु, जिएस तमु, महिला सचिवमा देवकुमारी तमु, कोषाध्यक्षमा सिरिसाद तमु, सहकोषाध्यक्षमा गङ्गाबहादुर तमु निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रदेश प्रमुखमा प्रदेश नं १ मा केशरमान तमु, मधेस प्रदेशमा एकबहादुर तमु, बागमती प्रदेशमा गणेशबहादुर तमु, गण्डकी प्रदेशमा दलबहादुर तमु, लुम्बिनी प्रदेशमा झपटबहादुर तमु, कर्णाली प्रदेशमा नन्दबहादुर तमु र सुदूरपश्चिम प्रदेशमा मनबहादुर तमु चयन हुनुभएको छ ।
काठमाडौँ उपात्याका प्रमुखमा लोकबहादुर तमु, सचिवालय सदस्यमा हरिमाया तमु चयन हुनुभएको छ । महाधिवेशनले १९ पदाधिकारी, सात जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य चयन गरेको छ । महाधिवेशनले तमु बौद्ध सेवा समिति विशेष सङ्गठनबाट सदस्यमा टिकाराम तमु, अनुशासन समिति संयोजकमा केवलमान तमु, लेखा समिति संयोजकमा खेमजङ तमुलाई चयन गरेको छ । परिषद्को आजको पहिलो बैठकले पाँच जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ ।
सोमबारदेखि सुरु भएको केन्द्रीय महाधिवेशनले आज १८ बुँद्धे घोषणापत्र जारी गरेको छ । तमु समुदायको प्यो ताँ ल्हुँ ताको संरक्षण र सम्बद्र्धन, इतिहास, भाषा, लिपी, धर्म, संस्कृति, परम्परागत मूल्य र मान्यताको संरक्षण र विकासका साथै पहिचानका लागि निरन्तर क्रियाशील रहीअघि बढ्ने, राज्यका सबै अङ्ग र तहमा संविधानमा व्यवस्था भएको समानुपातिक तथा समावेशी प्रतिनिधित्व पूर्ण रुपमा लागू गर्न घोषणा पत्रमा माग गरिएको छ ।
भौगोलिक दृष्टिकोणले तमुवान प्रदेशभन्दा बाहिर रहेर तमुहरुको पहिचान र अधिकार सुनिश्चित गर्न ती क्षेत्रहमा पनि तमु स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको स्थापनाका लागि आवश्यक पहल गर्नेलगायत कुरा घोषणा पत्रमा उल्लेख छ ।
प्रतिक्रिया