×

भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको किसानको विरोध गर्नु हो- उपमहासचिव प्रदीप ज्ञवाली

images

रौतहट । सत्तारुढ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नु भएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए ।

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए ।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए । पार्टीका स्थायी कमिटि सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी दिए ।

बुधबार ३० माघ २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया