काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्। सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो । जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।
सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया