×

कांग्रेस विशेष महाधिवेशन : महाधिवेशन मङ्गलवारसम्म लम्बियो, नेतृत्व चयन भोलिनै (यस्तो छ महामन्त्री थापाले पेस गरेको प्रतिवेदन )

images

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन भोलि (मंगलबार) सम्मको लागि लम्बिएको छ । हिजो (आइतबार) देखि सुरु भएको महाधिवेशनमा आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आज छलफल नसकिएकाले महाधिवेशन भोलिसम्म लम्बिएको हो । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।'

राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने बताइएको छ । संस्थापन इतर समूहले आयोजना गरेको विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले साथ दिएका छन् ।

विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापन समूहका प्रायः नेताहरु भने सहभागी छैनन् । विशेष महाधिवृेशनमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भइसकेको छ । बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ । 

 

प्रतिवेदनमा के छ ?

सोमबार २८ पुस २०८२ ०६:५३ PM मा प्रकाशित

प्रतिक्रिया