×

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

images

काठमाडौं । लुम्बिनी लायन्सले पहिलो पटक  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ । रोएल्सले पहिलो कवालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

बिहीबार २६ मंसिर २०८२ ०७:२७ PM मा प्रकाशित

प्रतिक्रिया