×

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

images

काठमाडौँ । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबाट बच्न र भीडभाडबाट बच्न सल्लाह दिएको छ ।

दुताबासले भनेको छ- 'नोभेम्बर १०, २०२५ मा, दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो, जसमा स्थानीय मिडियाले धेरै हताहत भएको रिपोर्ट गरेका थिए । विस्फोटको कारण अझै थाहा नभए पनि, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ ।'

यसका साथै, अपडेटको लागि स्थानीय मिडियाको निगरानी गर्न र आफ्नो वरपरको बारेमा सचेत रहन सल्लाह दिएको छ ।

सोमबार साँझ भएको विस्फोटमा १० जनाको मृत्य भएको थियो ।

 

मङ्गलबार २६ कात्तिक २०८२ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया