काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११: ३० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आइतबार बस्नुपर्ने बैठक पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजसम्मका लागि बैठक स्थगित गरेको थियो ।
असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ ।
प्रतिक्रिया