×

वनमन्त्री यादवको चटक, आचारसंहिता लागेपछि अमेरिका उडे

images

 वन तथा वातावरणमन्त्री प्रदीप यादवको अमेरिका मोह देखिएको छ । नेपालमा आजबाट निर्वाचन आचारसंहिता लागु भएको छ । आयोगले उक्त संहिताको पूर्ण पालना गर्न सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । मन्त्री बनेको यतिका दिनमा यादवले उल्लेखनीय काम गर्नुको साटो घुमफिर र सस्तो प्रचारलाई बढावा दिएका छन् । यादव विवादस्पद छविका नेता हुन् ।

तत्कालिन फोरममा हुँदादेखि नै विभिन्न विवादमा मुछिँदै आएका यादव कहिले कुटनीतिक विपरित भ्रमण गरेर विवादमा आउँछन् । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी हुँदा त उनलाई पार्टीले ६ महिनासम्म निलम्बन गरेको थियो ।

अहिले यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। यही असोज १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका हुन्। मन्त्रालयका कर्मचारी जाँदा हुने कार्यक्रममा मन्त्री आँफै सहभागी भएको विषयले अहिले मन्त्रालयमा चर्चा बनेको छ ।

मङ्गलबार २५ असोज २०७९ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया