×

उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्छ - राष्ट्रिय स्वतन्त्र पार्टी

images

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ। बुधबार सिंहदरबारमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कार्यबाहक प्रवक्ता मनीष झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएको र राजनीतिक दाउपेचका लागि अहिले निकालिएको बताए। 

धबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्ने बताए । उनले १८ महिना अगाडीको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे ।

उनले भने, ‘१८र१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वाताको समय दिनसक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो । जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो ।' 

उपसभामुखमाथि छानबिन हुनुपर्ने र स्पष्टीकरण दिन पाउनुपर्ने उनले बताए।  ‘व्यक्तिगत रुपमा इन्दिरा राना मगरमाथि हामीलाई गर्व छ,’ प्रवक्ता झाले भने, ‘हामीले त्यस्तो व्यक्ति त्यो ठाउँमा पुर्याउन सकिएको छ। २ वर्षपनि नपुग्दै उहाँलाई कसरी त्यहाँबाट झार्न सकिन्छ कि भनेर लागिएको छ।’ उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालिरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए ।

उनले भने, 'उहाँहरुले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ ।’

बुधबार २६ भदौ २०८१ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया