काठमाडौँ । जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ ।
पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ भने अब उनीहरुको पुनरागमन हुने कुरामै अनेकौं आशंका रहेका छन् । बुधबारसम्म कांग्रेस र एमालेले आफ्ना कुरा राखे र संबिधान भित्रबाटै समाधान खोज्नुपर्ने बताए । तर देश भने अब जेनजीको विचारमा अगाडी बढ्ने बाटोमा रहेको छ ।
जेनजीलाई वैचारिक रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहले गाइड गरेका छन् । उनले अलमलमा रहेका जेनजीलाई बुधबार राति एक पोष्ट गर्दै संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्ने र छिटो नयाँ चुनाव गर्ने स्पष्ट रोडम्याप दिएका छन् । बालेनको रोडम्याप अनुसार देश अगाडी गएमा सुशिला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित प्राय रहेको छ ।
केहि पक्षले संविधानको व्यवस्था अनुसार कसरी सुशिला प्रधानमन्त्री बन्न मिल्छ भन्ने जस्ता प्रश्न गरेका छन् । यति ठुलो आन्दोलनले पुरानो सत्ता ढालेको र पुराना दलको राजनीतिक विरासत ढालेको अवस्था हो । यसमा दलहरुले के भन्छन् ? लोकतन्त्रको के हुन्छ भन्ने प्रश्न अहिलेको अवस्थामा ओझेलमा परिसक्यो । कलिला युवाको रगत बगेको यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सहित र उत्तम बाटो बालेनको रोडम्याप नै हो । अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प खोज्नु नै हुदैन ।
केहिले बालेनका बारेमा टिप्पणी गर्दै महानगरमा काम गर्न नसकेको, अराजक भएको, कवाडी र साइकलमा व्यापार गर्नेलाई लखेटेको जस्ता आरोप लगाउने गरेका छन् । यसको काउन्टर प्रश्न गणतन्त्रलले दिएको महँगो स्वतन्त्रताले आज देशको हालत यस्तो भएको हामीले बिर्सन हुदैन । खर्चिलो चुनाव, नेताहरुका आसेपासेको रजाई, बिचौलिया र सिण्डिकेटले जेलिएको राजनीतिक नेतृत्वले देशलाई निरासाको पराकाष्ठमा पुयाएको नतिजा हो हो अहिलेको समय । अर्कोतर्फ सायद अहिले बालेनले चाहेको भए प्रधानमन्त्री सजिलै हुनसक्ने अवस्था थियो तर उनले चुनाव पर्खेको बुझ्न सजिलै सकिन्छ । त्यसैले उनी अति उत्तम नहुन सक्छन् तर अहिले हाम्रो अगाडी देखिएका सबै विकल्प मध्ये सहि विकल्प बालेन नै हुन् र उनले अगाडी सारेको रोडम्याप हो । जसले जेनजीको चाहनालाई दिशानिर्देश गर्दछ ।
प्रतिक्रिया