×

नेप्से परिसूचक ९४ अंकले बढ्यो, सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाखबराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यही साउन २६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाखबराबरको करोबार भएको थियो ।

आज नेप्से ९४.५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलब ९१ विन्दुमा बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२५ वटाको बढेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यसका साथै कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५२ करोड दुई लाख ४७ हजार तीन सय ७० बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २४ लाख ५१ हजार छ सय ८६ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार​ २७ साउन २०८१ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया