×

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

images

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले सिराहा नगरपालिका वडा- ४ घर भइ हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार २५ कात्तिक २०८२ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया