×

जाहेरवाला नाबालिग होइनन्- सन्दीप लामिछाने

images

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । 

बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।  जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

म्याद थपअघि सन्दीपले आफू निर्दोष  रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए ।  सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।

सोमबार २४ असोज २०७९ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया